१२ श्रावण २०८१, शनिबार

ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी


ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

ललितपुर । ललितपुरको भैसेपाटीस्थित निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी भएको छ । आज मंगलबार बिहान क्वार्टरभित्र रहेको मजदुरहरु बस्ने टहरामा आगलागी भएको प्रहरीले जनाएको छ ।

निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा बिहान ११ बजेतिर खाना पकाउने क्रममा आगो लागेको प्रहरीले बताएको छ । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले १०/१५ मिनेटमै नियन्त्रणमा लिएको थियो ।

करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेका छन् भने समयमै आगलागी नियन्त्रणमा लिएकोले अन्य स्थानमा नफैलिँएर ठूलो जोखिम टरेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !