११ श्रावण २०८१, शुक्रबार

भावी प्रधानसेनापतिको रोलक्रमका उपरथी पाण्डेद्वारा राजीनामा


ताराध्वज पाण्डे

काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । पाण्डेले दिएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी पाण्डेले राजीनामा दिएका हुन् । पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको पाइएपछि विवादमा परेर उनले राजीनामा दिएका हुन् ।

पाण्डेका दुईवटा अलग अलग नम्बरका नागरिकता समेत रहेको बताइएको छ । साथै एसएलसीको प्रमाणपत्रमा  केरमेट गरेको पाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !