१२ श्रावण २०८१, शनिबार

चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान


भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौँ । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज विहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिए ।

उनका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन् ।

“चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको छ”, उनले भने, “हामीले आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति पठाउने छौँ ।”

गए राति जाजरकोट र पश्चिम रुकुममा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले गएको थियो । भूकम्पबाट ठूलो मानवीय क्षति भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !