२० असार २०८१, बिहिबार

इजरायलबाट नेपाली स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज आज उड्दै


नेपाल एयरलाइन्स

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलबाट नेपाली स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज आज राती पठाउने भएको छ । इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज आज राती ११ बजे उड्ने परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले नेपालपत्रलाई जानकारी दिए ।

नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।

हिजो मंगलबार सिंहदबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपालीलाई स्वदेश फर्काउनका लागि दुई वटा जहाज तयारी अवस्था राखिएको बताएका थिए ।

उनले इजरायलमा रहेका २०० जनाभन्दा बढी व्यक्तिले नेपाल फर्कन अनलाइन रजिस्ट्रेसन गरिसकेको बताएका थिए । इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकाेमा दक्षिणी क्षेत्रमा हमासकाे आक्रमणमा १० जनाकाे निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !