७ बैशाख २०८१, शुक्रबार

एकाबिहानै भेटियो राजधानीको सडकमा प्रहरी हवल्दारको शव


काठमाडौं, ३ असार – राजधानीको सामाखुसीस्थित सडक किनारमा प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार बिहान सामाखुसी चोक नजिकै प्रहरी हवल्दार सुकमान गुरुङ मृत अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी विश्वमणि पोखरेलले प्रहरी हवल्दार गुरुङ मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुहुँदै हत्या या मृत्यु के हो भन्नेबारे खुल्न बाँकी रहेको बताउनुभयो ।

बिहानै स्थानीयबासीले सडक किनारमा उनको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शबलाई उठाएर पोष्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो । डिएसपी पोखरेलले पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप खुल्ने बताउनुभयो ।

‘घटना शंकास्पद छ, तर कसरी भयो अहिल्यै भन्न सकिने अवस्था छैन’, पोखरेलले भन्नुभयो, ‘शरीरमा कुनै चोटपटक देखिँदैन, हामी गम्भीर ढंगले अनुसन्धानमा जुटिसकेका छौं ।’प्रहरी हवल्दार गुरुङ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा कार्यरत रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !