७ असार २०८१, शुक्रबार

काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने


बुद्ध - अनुष्टुभ् छन्द

काठमाडौँ । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागिएको जानकारी दिए ।

सो मूर्ति निर्माणका लागि टोखा नगरपालिकाले श्रीबहादुर तामाङको अध्यक्षतामा झोर महाँकाल बुद्धमूर्ति निर्माण उपभोक्ता समितिसमेत गठन गरिसकेको छ । दुई वर्ष अगाडि नै उक्त मूर्ति निर्माण अगाडि बढेको भए पनि यस वर्षमात्रै निर्माण सुरू भएको टोखा–१ का वडाअध्यक्ष रमेशकुमार लामिछानेले जानकारी दिए । उक्त बुद्धको मूर्ति एक वर्षभित्र पूरा भइसक्ने सो नगरपालिकाले जनाएको छ ।

टोखा नगरपालिका–१ स्थित झोरमहाँकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्ये हाल दुई रोपनी क्षेत्रफलमा उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो । बुद्धको मूर्ति निर्माणसँगै उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !