१२ श्रावण २०८१, शनिबार

काठमाडौं महानगरको निर्देशन : निर्माणकार्य राति ८ बजेपछि मात्र गर्नू


काठमाडौँ महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण तथा मर्मत कार्य राति ८ बजेपछि गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरले आज सोमबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै निर्माणकार्य व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको हो ।

महानगरले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको हो । महानगरपालिकाले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवं मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।

महानगरले सडकपेटी क्षेत्रमा निर्माण सामग्री खसाली सडक अवरोध वा सडकपेटीमा धूलो पोहोर राख्न वा छोड्न नपाइने बताएको छ । महानगरले कुनै पनि सार्वजनिक निकायले सडक पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा त्यस्तो क्षेत्रमा निर्माणस्थल संकेतसहित छेकबार लगाउनुपर्ने पनि बताएको छ ।

निर्माणस्थलमा घेरावार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्ने चेतावनी समेत दिएको छ ।

यस्तो छ काठमाडौँ महानगरले निकालेको अत्यन्त जरुरी सूचना

काठमाडौँ महानगरले निकालेको अत्यन्त जरुरी सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !