![सरोजराज अधिकारी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/11/saroj-raj-adhikary-1214.png?fit=772%2C630&ssl=1)
काठमाडौँ । पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् । प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो ।
कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका ‘धम्बोजी, ‘नोरा’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ किताब पनि प्रकाशित छन् ।