१२ श्रावण २०८१, शनिबार

भोलि बिहान ५ बजेदेखि बालगोपालेश्वर मन्दिर खुला हुने


Rani Pokhari Balgopaleshwor

काठमाडौँ । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि बिहानैदेखि खुला हुने भएको छ । दिदीबहिनी नहुनेका लािग भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !