१८ बैशाख २०८१, मंगलबार

परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता


kamal thapa swaraj meet

काठमाडौं– सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार भारत भ्रमणमा गएका उपप्रधानमन्त्री एवं परष्ट्रमन्त्री कमल थापाले नयाँ दिल्लीमा भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।
शुक्रबार दिल्लीमा दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले उल्लेख गरेका छन्। भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको उनले ट्विट गर्दै जानकारी दिए।

दीक्षान्त समारोहमा सहभागी हुनुका साथै उनले राजनीतिक भेटसमेत गर्ने कार्यक्रम छ। उनको भारत भ्रमण ३ दिनको हुनेछ।

‘भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध मजबुत बनाउनु हो, यसक्रममा उहाँले उच्च राजनतिक भेटघाट गर्नुहुनेछ,’ उपप्रधान तथा परराष्ट्रमन्त्री थापाका जनसम्पर्क विज्ञ मोहन श्रेष्ठले भने। नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा गर्न लागेको थापाको यो चौथो भारत भ्रमण हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि नेपाल र भारतबीच उच्च राजनीतिक तहमा भेटवार्ता हुन सकेको थिएन। मन्त्री थापाको भ्रमणले पुनः दुई देशको उच्च राजनीतिक तहमा संवाद सुरु गर्ने जनाइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !