२१ बैशाख २०८१, शुक्रबार

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ नवलुरको वैठक सम्पन्न


नेपाल आयुर्वेद औषधि व्यवसायी संघ

नवलपुर । आज शुक्रबार भाद्र ३ गते नेपाल आयुर्वेद औषधि व्यवसायी संघ नवलुरको वैठक बसी भेलाले आयुर्वेदको हकहितमा विरहत क्षलफल गरेको छ । हाल नवलुर क्षेत्रमा करिब २२/२३ वटा आयुर्वेद औषधालय स्थापना भइसकेको परिपेक्षमा विविध कम्पनी ले गाउँ गाउँमा झोलामा र गाडिमा औषधि बिक्री वितरण गर्दै हिँडेकाले सो कार्यलाई रोक्न र अबदेखि कम्पनीले उत्पादन गरेको औषधि आयुर्वेद औषधालयले नै विक्री गर्ने सर्तमा विरहत क्षलफल गरिएको छ ।

केहि कम्पनी ले भने यस्तो कार्य रोक्न नमिल्ने जिकिर गरेको हुनाले आयुर्वेद औषधि व्यवसायी संघले यस्तो कदम चाल्न बाध्य भएको छ । यदि यसरी काम गर्न सके करमा ह्रास नहुने र कम्पनीको औषधी सेल हुनमा समेत सहयोग पुग्ने अपेक्षा व्यवसायी संघ ले लिएको छ । पटक-पटक अनुगमन गर्दासम्म नटेरेकाले यो कदम चाल्नु परेको छ ।

अब कम्पनी र औषधि व्यवसायी विज सुमधुर सम्बन्ध राख्दै दक्ष व्यक्तिको निगरानीमा औषधि बिक्री वितरण गर्ने योजना नेपाल आयुर्वेद औषधि व्यवसायी संघले लिएको छ । यदि कम्पनीले दक्ष जनशक्ति राखेर क्लिनिक संचालन गर्नसक्छ तर जथाभावी औषधी झोलाको भरमा विक्री गरेको पाइएमा प्रहरी कार्यालयलाई जानकारी दिएर पक्राउ गर्न सक्ने सम्मको छलफल र आजको बैठकको झलक तल दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !