![डा. नारायण खड्का र वाङ यी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/08/Dr.-Narayan-Khadka-nad-Wang-Li.jpg?fit=1024%2C531&ssl=1)
काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।
मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै मन्त्रीहरुले नेपाल-चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै आपसीहितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् ।
मन्त्री खड्का चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) चीनको भ्रमणमा गएका हुन् ।
मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति चीन प्रस्थान गरेका थिए । मन्त्री खड्का तीनदिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्किने मन्त्रालयले जनाएको छ ।