१२ श्रावण २०८१, शनिबार

मकवानपुरमा चार सवारीसाधन आपसमा ठोक्किदा एक दर्जन बढी घाइते


एक दर्जन घाइते

हेटौंडा । मकवानपुर जिल्लामा चार सवारीसाधन आपसमा ठोक्किदा एक दर्जन भन्दा बढी घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रागोमाटे क्षेत्रमा स्कुल बससहित ४ सवारी एक आपसमा ठाेक्किँदा एक दर्जन बढी घाइते भएका हुन् ।

घाइतेमध्ये केही हेटौंडाको रिलायन्स स्कुलका विद्यार्थी पनि रहेको प्रहरीले बताएको छ । सवारीहरु ठोक्किएको र उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी कार्यालय स्रोतले बताएको छ ।

सुरुमा कार र ट्याङ्कर ठोक्किएर दुर्घटना भएकाे र त्यसपछि नजिकै रहेका ट्र्क र स्कुल बस ठोक्किएको थियाे । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १५ जनालाई हेटौंडा अस्पताल ल्याइएको छ । यद्यपि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !