१३ आश्विन २०८१, आइतबार

काठमाडौंकाे फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति, बञ्चरे डाँडाकाे अवराेध आजैदेखि हट्ने


बञ्चरेडाँडामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति भएको छ । हिजो मध्यरातमा काठमाडौं महानगर र सिसडोल-बञ्चरे डाँडावीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हो ।

सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न दिन स्थानीय सहमत भएका छन् । सहमतिअनुसार आजदेखि सिसडोल बञ्चरे डाँडाकाे अवराेध हट्ने भएको छ ।

उक्त सहमतिअनुसार शुक्रबारदेखि नै फोहोर बिसर्जनका लागि जाने गाडीलाई स्थानीयले अवरोध गर्ने छैनन् । यसअघि त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

सहमतिअनुसार काठमाडौ महानगरपालिकाबाट बञ्चरेडाँडा कुडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रुपमा रातिको समयमा गरिने भएको छ । रातिका लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिना भित्र गर्ने सहमति जुटेको छ ।

यस्तै सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने छ । यस्तै फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिनेछ ।

फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिना भित्र मिलाउने पनि सहमति भएको छ । फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने पनि सहमति भएको छ ।

फोहर प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्षहरु पदम बहादुर श्रेष्ठ र तिलक लामा तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र ३ का अध्यक्षहरु बहादुर लामा र प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले पनि उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ काठमाडौं महानगर र सिसडोल-बञ्चरे डाँडावीच भएको सहमति

काठमाडौं महानगर र सिसडोल-बञ्चरे डाँडावीच भएको सहमति काठमाडौं महानगर र सिसडोल-बञ्चरे डाँडावीच भएको सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !