१२ असार २०८१, बुधबार

त्रिभुवन बिमानस्थलमा भेटिएन बम, उडान शुरु हुँदै


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्लापछि आन्तरिक उडानतर्फ रहेका यात्रुहरुलाई बाहिर निकालिएको छ ।

विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको जानकारी दिएका थिए ।

सो लगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेका हुन् । विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएको छ ।

यद्यपि सेनाको बम डिस्पोजल टोली बिमानस्थल पुगेर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले बताएको छ । त्रिभुवन बिमानस्थलमा बम भेटिएको हल्ला मात्र भएकोले अब उडान शुरु हुने भएको बिमानस्थल स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !