८ बैशाख २०८१, शनिबार

योगले मानवलाई तन्दुरुस्त बनाउँछ : रामचन्द्र पौडेल


योग

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पुर्याउने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उनले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमितरूपमा सञ्चालन गर्नुपर्छ भने ।

उनले भने, “योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्वका बारेमा उजागर गर्नुपर्छ ।” आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले योगको महत्वलाई बुझेर गाउँपालिकाले योग शिविर सञ्चालन गरेको बताए ।

उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शिविरका क्रममा मात्रै नभई दैनिकरूपमा योग गर्नुपर्नेमा जोड दिए । यही चैत ३ गतेदेखि सुरु योग शिविरमा दैनिक ६०० भन्दा बढीको सहभागिता रहँदै आएको थियो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण, शिक्षक सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !