८ बैशाख २०८१, शनिबार

तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध


buffalo in truck

काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ ।नयाँ पत्रिका दैनिकमा समाचार छ।

उपत्यकामा मासु खाने उद्देश्यले दैनिक सात सयभन्दा धेरै राँगा तथा भैँसी भित्रिने गरेका छन् । उपत्यकाभित्रका वधशाला सुधार हुन नसकेपछि महानगरपालिकाले राँगा–भैँसी भित्रिने प्रक्रिया नै बन्द गर्न लागेको हो । महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी भित्रिन निषेध हुने बताए ।

महानगरले अगाडि बढायो प्रक्रिया
उनले भने, ‘उपत्यकाभित्र राँगा–भैँसी ल्याउने प्रक्रिया निषेध गर्ने काम सुरु भएको छ । यसका लागि उपत्यकाभित्रका मासु व्यवसायीसँग पनि छलफल भएको छ । अबको तीन वर्षभित्र उपत्यकामा जिउँदो राँगा–भैँसी ल्याउन बन्द हुनेछ ।’ महानगरपालिकाका अनुसार उपत्यकामा जिउँदो राँगा–भैँसीको सट्टा मासु नै आयात हुनेछ ।
मासु ताजा र स्वास्थ्यबद्र्धक हुनेछ ।

उपत्यकाबाहिरका वधशालाबाट उपत्यकामा ताजा मासु भित्रिनेछ । उपयुक्त तापक्रममा चिस्यान गरिएपछि उपत्यकामा मासु भित्रिनेछ । महाशाखा प्रमुख श्रेष्ठले भने, ‘जिउँदो राँगा–भैँसीको सट्टा ताजा मासु आउनेछ । आवश्यक तापक्रममा राखिएपछि मात्रै मासु उपत्यकामा आउनेछ । यसो हुँदा उपत्यकाभित्रका वधशाला स्वत: हट्नेछन् ।’

उपत्यकामा राँगा ७ सय वटा, खसीबोका १५ सय वटा, कुखुरा ७० टन, बंगुर १५० टन, माछा ७ टन र आयातित मासुको १० टन भित्रिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !