११ बैशाख २०८१, मंगलबार

सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो


bishnu-poudel

१५ जेठ, काठमाडौं । सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ ।

तलब र ग्रेड वृद्धि गरिए पनि महंगी भत्ता भने यथावत राखिएको छ । यसअघि सरकारले कर्मचारीलाई एक हजार रुपैयाँ महंगी भत्ता दिँदै आएको थियो ।

वितेका दुई वर्ष सरकारी कर्मचारीको तलब बढेको थिएन ।

कर्मचारीको मनोवल बढाउन तलब बढाइएको अर्थमन्त्रीले जानकारी दिए । कर्मचारीहरुले ५० प्रतिशत बढाउनु पर्ने माग गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !