१२ आश्विन २०८१, शनिबार

बैतडीमा टिपर दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते


टिफर दुर्घटना

बैतडी । बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पाटन नगरपालिका-३ हिरापुरस्थित भित्रि सडक खण्डमा सोमबार अपराह्न टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा पाटन नपाका ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानी विष्ट र १७ वर्षीय ललिता अवस्थी रहेको इलाका प्रहरी कार्यालयका पाटन स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटना घाइते भएकाहरुलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार पाटन नगरपालिका-३, डबरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै ३ जना विद्यार्थीको मृत्यु भएको बताए । याे डाेजरले गाउँ जान काटेकाे कच्ची सडक हो । टिपरमा करिब २५ जना विद्यार्थी चढेर घर फर्किँदै गरेको अवस्थामा दुर्घटना भएकाे हाे ।

माेडमा कटिङ् नपुगेपछि ब्याक गरेकाे टिपर दुर्घटना भएकाे हाे । घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटन र खाेडपेकाे टाेली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

पाटन नगरपालिका-३ स्थित झालीमाली भिरबाट टिप्पर खस्दा टिप्परमा सवार विद्यार्थीको मृत्यु भएको हो । उक्त टिप्परमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !