५ आश्विन २०८१, शनिबार

ठाकुर मेदान्तको आइसीयूमा भर्ना


Mahanta-Thakur

३ वैशाख, काठमाण्डौ । नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेका राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् ।

ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि उनलाई थप उपचारका आईसीयूमा भर्ना गरिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी गराए ।

रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ । संयोजक ठाकुरसँगै दिल्लीमा रहेका कृष्ण सिंहका अनुसार ठाकुरलाई एनजीयोग्राफी गरिएको थियो । एनजीयोग्राफीमा नसावाट रगत प्रवाह रोकिएको पाइएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको उनको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !