२० असार २०८१, बिहिबार

एमाले प्रचार विभागमा नौ सदस्य मनोनीत


एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य मनोनीत गरेको छ ।

थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् । यसअघि मङ्सिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाललाई जिम्मेवारी दिएको थियो । बुधबारको सचिवालय बैठकले प्रचार विभागका साथै उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा समेत सदस्यहरू मनोनयन गरेको प्रचार विभाग प्रमुख गुरुङले जनाकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !