१४ बैशाख २०८१, शुक्रबार

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाका सेवा बन्द


मेलौली नगरपालिका

बैतडी । बैतडीको मेलौली नगरपालिकाको सेवा बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाका सेवा बन्द गरिएको हो ।

नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !