![पाथीभरामा हेलिकोप्टर](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/19-Pathibhara-Helicopter-Yatri.jpg?fit=768%2C576&ssl=1)
संखुवासभा । सङ्खुवासभाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरी हुन नसकेपछि २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
एक स्थानीयका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो ।
सुत्केरी हुन हटिया स्वास्थ्यचौकी आएकी भोटेको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको हो ।