१३ बैशाख २०८१, बिहिबार

पाटनमा ग्यास सिलिन्डर पड्किँदा चार घाइते


जेष्ठ ७, २०७३- पाटन मंगलबजार क्षेत्रको टंगलमा मुर्ति बनाउने ठाउँमा ग्यास सिलिन्डर पड्किँदा चार जना घाइते भएका छन् ।

ललितपुरका एसएसपी पिताम्बर अधिकारीले घाइतेलाई पाटन अस्पताल लगिएको र दुई अवस्था चिन्ताजनक भएको बताए । गम्भीर घाइते हुनेमा सुरेश ताम्राकार र ध्रुव ताम्राकार छन् भने कृष्णगोविन्द ताम्राकार र गोविन्द ताम्राकार सामान्य घाइते छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !