२२ बैशाख २०८१, शनिबार

[अपडेट] पेरिसबाट उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त


egypt air

जेष्ठ ६, २०७३- फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त नै भएको फ्रान्सका राष्ट्रपति फ्रान्सिस अाेलान्डले दाबि गरेका छन् ।

फ्लाइट एमएस८०४ मा ५९ यात्रु र चालक दलका १० सदस्य छन् । कायरोको स्थानीय समय अनुसार बिहान २:४५ बजे बिमानको राडारसँग सम्पर्क टुटेको थियाे । बिमान ३७ हजार फिट माथि उडिरहेको बेला एक्कासी राडारसँग सम्पर्कविहीन भएको एयरलाइन्सले जनाएको थियाे ।

राष्ट्रपति अाेलान्डका अनुसार हालसम्म प्राप्त सबै सूचनाका अाधारमा उक्त विमान दुर्घटनामा परेकाे पुष्टि भएकाे बताएका छन् । उनकाे अनुसार अहिले भूमध्य सागरमा विमानकाे खाेजी भइरहेकाे छ ।
"egyptair_previousflights_map624_v2

विमान बुधबार राति ११ बजेर ९ मिनेटमा पेरिसबाट उडेको थियो । बिहीबार बिहान ३ बजे कायरो बिमानस्थल आइपुग्नुपर्ने बिमान १५ मिनेट अगाडी सम्पर्कबिहीन भएको हो ।

एयरलाइन्सका अनुसार इजिप्टको हवाई क्षेत्रमा १६ किलोमिटर छिरिकेपछि विमान सम्पर्कबिहीन भएको हो ।

विमानको खोजी गर्न उद्दार टोली खटाइएको छ । ग्रीसका अधिकारीसंगको समन्वयमा खोजी कार्य सुरु गरिएको छ ।

विश्वभरका विमानको ट्र्याक गर्ने वेबसाइट फ्लाइट राडारका अनुसार उक्त विमान एयरबस ए३२० हो ।

मार्चमा पनि इजिप्ट एयरको विमान अपहरण गरी साइप्रस पुर्‍याइएको थियो । साइप्रस पुगेलगत्तै अपहरणकारीले आत्मसर्मपण गरेका थिए ।

६९ जना चढेको इजिप्ट एयरको विमान बेपत्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !