८ बैशाख २०८१, शनिबार

आयल निगमले तिर्‍यो साढे ३ अर्ब ऋण, १ अर्ब बोनस बाँडिने


Nepal-Oil-Corporation

४ जेठ, काठमाडौं । नेपाल आयल निगमले मंगलबार सरकारको ३ अर्ब ६४ करोड रुपैयाँ ऋण तिरेको छ । निगमले अर्थ मन्त्रालयलाई ऋण तिरेको हो ।
अब सरकारलाई ४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

३ महिना अघि मात्रै सरकारको ३ अर्ब ऋण तिरेको आयल निगमले फेरि ३ अर्ब ६४ करोड रुपैयाँ ऋण भुक्तानी गरेको हो ।

आयल निगमले झण्डै १ अर्ब रुपैयाँ कर्मचारीको बोनसका लागि छुट्याएर राखेको छ । अब सरकारको ४ अर्ब रुपैयाँ ऋण तिर्नासाथ आयल निगमका कर्मचारीले बोनस रकम हात पार्नेछन् ।

सरकारले ऋण नतिरी बोनस नबुझ्न निर्देशन दिएपछि आयल निगमले ऋण तिर्ने क्रम तीव्र पारेको छ ।

आयल निगमलाई अहिले पेट्रोलमा लिटरमा झण्डै १३ रुपैयाँ नाफा छ भने डिजेलमा पनि १२ रुपैयाँ नाफा छ ।

ग्यासमा पनि निगमलाई प्रतिसिलिन्डर ९२ रुपैयाँ नाफा छ । अन्तर्राष्ट्रिय बजार अनुरुप मूल्य समायोजन गर्ने भनिएपनि निगमले तेलको मूल्य समायोजन नगरेको लामो समय भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !