१३ बैशाख २०८१, बिहिबार

दनुवार गाउँमा पहिरो


दनुवार गाउँ klx/fsf sf/0f bg’jf/ ufpF hf]lvddf l;Gw’kfNrf]s, @$ ebf}M nuftf/sf] jiff{n] d]nDrL–!! bg’jf/ ufpFdf uPsf] klx/f] . a:tL dflyaf6 klx/f] emg]{ 8/n] /fte/ ;’Tg g;s]sf] bg’jf/ atfpF5g . klx/f] a9b} hfFbf 36]/ 6f]n hf]lvdf kg]{ ePsfn] klx/f] /f]Sg k|of; u/L lbg :yfgLo ;/sf/nfO{ :yfgLojf;Ln] cfu|x u/]sf 5g . tl:a/M b]j/fh ;’j]bL÷/f;;

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभयो । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह गर्नुभयो । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउ

सहकारीमार्फत रु ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् ।

उनी चौतारा साँगाचोकमा रहेको दीपसिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १गते फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !