११ श्रावण २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा, अब विद्यालय पनि खुल्न पाउने


पठनपाठन

काठमाडौं । काठमाडौं उपत्यकामा लगभग ५ महिनापछि निषेधाज्ञा हटाइएको छ । काठमाडौं उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको आज दिउसो बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकाको कोरोना संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरिएको हो । उपत्यकाका कोरोना संक्रमणदर घट्दै गएकोले प्रशासन कार्यालय विद्यालय खुलाउन केही लचिलो भएका हुन् ।

सकेसम्म विद्यालय खोल्न नपाउने तर खोल्नुपर्ने भएमा स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको अनुमतिमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।

आदेशमा भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउँने छन ।

यद्यपि आज बुधबार बसेको उपत्यकाका सिडिओको बैठकले भौतिक रूपमा विद्यालय सञ्चालनबारे अस्पष्ट निर्णय गरेका छन् । आजको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे यस्तो अस्पष्ट निर्णय गरेका हुन् ।

बैठकपछि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ । अब बिस्तारै विद्यालय पनि खुल्न पाउने भएका छन् ।

हिजो मंगलबारबाट गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमै विद्यालय सञ्चालन गरेपछि देशभरका विद्यालय खोल्न सरकारलाई दबाब परेको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेको जनाउँदै संक्रमण कम भएका जिल्लामा विद्यालय खोल्न सरकारलाई दबाब परेको हो ।

सरकारले संक्रमण कम भएका जिल्लाका विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमै विद्यालय सञ्चालन गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा भोलि बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

काठमाडौं उपत्यकामा आज भदौ १६ गते राति १२ बजेदेखि निषेधाज्ञा सकिदैछ । उपत्यकामा निषेधाज्ञाका कारण मुख्यतः शिक्षण संस्था, फिल्महल, चिडियाखाना, स्वीमिङ पुल, दोहोरी साँझ लगायत भीडभाड हुने ठाउँहरु बन्द थिए ।

काठमाडौँ उपत्यकामा ५ महिनापछि हट्यो निषेधाज्ञा

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा ५ महिनापछि हट्यो निषेधाज्ञा

भदौ १६ गतेसम्म लम्ब्याइयो काठमाडौं उपत्यकामा निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !