१२ असार २०८१, बुधबार

जबरजस्ती करणीको आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष ‘बब्लु’ पक्राउ


जितेन्द्रनाथ शुक्ला 'बब्लु'

बुटवल । रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार उनी आज पक्राउ परेका हुन् ।

उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटकपटक दल परिवर्तन गर्दै आएका छन् ।

उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरिएको हो । शुक्लामाथि थप अनुसन्धान भइरहेको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !