८ बैशाख २०८१, शनिबार

काठमाडौँ उपत्यकामा भदौ ८ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा


काठमाडौँ उपत्यका

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज मंगलबार बसेको बैठकले थप १३ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज मंगलबार आदेश जारी गर्दै साउन २८ गतेदेखि भदौ ८ गतेसम्म निषेधाज्ञा थपिएको बताएका छन् । पछिल्लो समय जारी निषेधाज्ञा भोलि २७ गते बुधबार सकिँदैछ ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । आज मंगलबार मात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो । निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको हो ।

काठमाडौं उपत्यकामा साउन २८ गते बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

यस्तो छ हेर्नुहोस् काठमाडौं जिल्ला प्रशाशनको आदेश

काठमाडौँ उपत्यकामा भदौ ८ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

काठमाडौँ उपत्यकामा भदौ ८ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा काठमाडौँ उपत्यकामा भदौ ८ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !