![निषेधाज्ञा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/12312_Nisedhagya_Prohibition-Order.jpg?fit=1024%2C574&ssl=1)
मान्म । कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए ।
उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।