२१ बैशाख २०८१, शुक्रबार

झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश


Army-football-team

२६ फागुन, झापा । त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।

खेलको सुरुवातमै आर्मीका नवयुग श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।

आजको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले नगद २५ हजार हात पारेका छन् ।

अब उपाधिका लागि आर्मी र झापाको भिडन्त सोमबार हुने आयोजकले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !