२९ पुस, आफ्नो एउटा स्टाटसका कारण फेसबुकका सीईओ मार्क जुकरबर्गले ३.३ बिलियन गुमाउनु परेको छ । जुकरबर्गले व्यवसाय, ब्राण्ड र मिडियाका पोष्टलाई कम महत्व दिई न्यूज फिडमा परिर्तवन गर्ने घोषणा गरेका थिए । त्यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकता दिने जुकरबर्गले आफ्नो पेजमा लेखेका थिए ।
त्यही स्टाटसका कारण फेसबुकले ३.३ बिलियन डलर गुमाउनु परेको जनाएको छ । वाल स्ट्रिटमा शुक्रबार मात्र फेसबुकको शेयर मूल्य ४.५ प्रतिशतले गिरावट आएको छ ।