११ श्रावण २०८१, शुक्रबार

२५ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनको छानविन गर्न समिति गठन


bus accideent khotang

खोटाङमा २५ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा पीडितसहितको सर्वदलीय सर्वपक्षीय बैठकले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगको इन्स्पेक्टर, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर, नेपाल पत्रकार महासंघका प्रतिनिधि र पीडितकातर्फबाट मिलनचन्द्र राई सदस्य रहेको समिति बनाएको हो । समितिले ढिलोमा महिना दिनभित्र बस दुर्घटनाको कारण र सुझावसहितको प्रतिवेदन पेश गर्ने छ ।
मृतकका परिवारले बिमा बापतको १ लाख तत्काल पाउने

बैठकमा यातायात व्यवसायीले मृतक परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले बिमा वापतको रकम उपलव्ध गराउने, घाईतेको उपचार खर्च यातायात व्यवसायीले बेहोर्ने, मृतक तथा घाइतेका सरसामान, नगद तथा जिन्सी सामान आफन्तलाई बुझाउने, हराएका सामान खोजी गर्नेलगायतका सहमति भएको छ । मंगलबार बिहान सदरमुकाम दिक्तेलबाट यात्रु लिएर काठ्माण्डौं जाँदैगरेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान–१ बर्खेटारमा दुर्घटना हुँदा २४ जनाको घट्नास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा ३१ जना घाईते भएका थिए ।

घाईतेको काठमाडौंका टिचिङ, ग्रिनसिटी, बिएण्डबी, बीर र छाउनी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाईते भएका ८ जनाको भने स्वास्थ्यचौकी हलेसीमा उपचार गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !