४ बैशाख २०८१, मंगलबार

विश्वमा नै पहिलो पटक शरीरका भित्री अगं देखिने क्यामरा बन्यो


भाद्र २२, काठमाडौँ | वैज्ञानिकहरुले एउटा यस्तो क्यामरा तयार गरेका छन् जसका माध्यमद्वारा मानव शरीरका सबै भित्री अंगहरु हेर्न सकिन्छ । डाक्टरहरुले बिरामीको शरीरको भित्री जाँच गर्नका लागि मेडिकल औजार इन्डोस्कोपको प्रयोग गर्दछन् । र, उक्त क्यामरा सोही इन्डोस्कोपीको प्रक्रियामा मद्दतका लागि तयार गरिएको हो

अहिलेसम्म डाक्टरहरुले महँगो स्क्यान र एक्सरे मेसिनको भर पर्नु पर्दथ्यो । तर यो नयाँ क्यामराले शरीरको भित्र प्रकाशको स्रोतका माध्यमबाट काम गर्दछ, इन्डोस्कोपको लचिलो लामो ट्युबको अगाडिको भागबाट निस्कने प्रकाशजस्तै । युनिभर्सिटी अफ एडिनवर्गका प्राध्यापक केभ धालीवालले भनेका छन्, ‘यो क्यामरामा फरक–फरक प्रकारले काम गर्ने जबरजस्त क्षमता रहेको छ ।’उनका अनुसार, शल्यक्रियाका बेला शरीरको भित्र कुनै डिभाइस रहेको ठाउँ देख्नु निकै महत्त्वपूर्ण छ ।

सुरुवाती अनुभवमा यो देखिएको छ कि सामान्य परिस्थितिमा यो क्यामरा २० सेन्टिमिटर कोशिकाको भित्र प्रकाशको स्रोतलाई ट्रयाक गर्ने क्षमता राख्दछ  -बीबीसीमा खबर छ ।इन्डोस्कोपबाट निस्कने प्रकाशले शरीर पार गर्न सक्दछ तर यो सीधा बाटोबाट यात्रा गर्नुको साटो कोशिकाहरुको तथा अंगहरुका कारण आमरुपमा अवरुद्ध भएर हराउँदछ । जसका कारण सफा तथा प्रष्ट तस्वीर लिन मुस्किल हुन्छ ।

नयाँ प्रविधिको माध्यमले सानोभन्दा सानो चिज, जस्तै फोटोन कणसमेत पत्ता लगाउन सकिन्छ । यो यतिधेरै संवेदनशील छ कि यसले कुनै पनि कोशिकाहरुबाट गुज्रने हल्का प्रकाशलाई समेत पक्रिन सक्दछ ।यसले शरीरबाट प्रकाश गुज्रिनका लागि लाग्ने समय पनि बताउँदछ । यो क्यामरालाई बिरामीको ओछ्यानको नजिक राखेर पनि प्रयोग गर्न सकिन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !