२१ असार २०८१, शुक्रबार

काठमाडौंमा पहिरोले पुरिएर १ जना युवकको मृत्यु


काठमाडौंमा पहिरो

काठमाडौं, साउन ५ । पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा १ जना युवकको मृत्यु भएको छ । नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भाइसँगै स्थानीय गागलफेदी जंगलमा गएका २२ वर्षीय नवराज गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको हो । उनी जंगलमा शौच गर्ने वेला माथिबाट पहिरो आएको जनाएको छ।

आइतबार साँझ पहिरोमा पुरिएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनका भाइ भने सकुसल रहेका छन् । उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !