१२ श्रावण २०८१, शनिबार

महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा


पक्राउ

दमौली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।

मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “घटनाबारे अनुसन्धान गरिरहेका छाँै, थप विवरण अनुसन्धानपछि आउँछ”, उहाँले भन्नुभयो ।

शववाहन नभएपछि डोजरमा राखेर शव व्यवस्थापन

तनहुँमा एउटा पनि शववाहन नभएपछि त्यसको अभाव खड्किएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी शुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट हुन सक्ने सामाजिक उत्तरदायित्वलाई विचार गर्दै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा रही सञ्चालन हुने गरी दमौली अस्पताललाई एक थान शववाहन उपलब्ध गराइदिन केन्द्रले सूर्य नेपाल लिमिटेडलाई अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले शववाहन नहुँदा मृत्यु हुने सङ्क्रमितको शव व्यवस्थापनका लागि समस्या हुने बताउनुभयो । उहाँका अनुसार व्यास नगरपालिका बाहेकका स्थानीय तहमा शववाहन नहुँदा समस्या भएको छ । शववाहनको अभावमा देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ । देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पु¥याएका हुन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले शववाहनको आवश्यकता भए पनि गाउँपालिकाको भौगोलिक अवस्थाका कारण शववाहन किन्ने योजना नबनाइएको बताउनुभयो ।

“देवघाटको वडा नं १, २, ३, ४ दुर्गम ठाउँ हो । त्यहाँ सङ्क्रमितको मृत्यु भयो भने पिपिइ लगाएर आफन्तले शव बोकेर लैजानुपर्छ, त्यहाँ शववाहन लैजान सक्ने स्थिति छैन”, थापाले भन्नुभयो । थापाका अनुसार गाउँपालिकासँग एम्बुलेन्स पनि छैन ।

व्यास नगरपालिकाले भने एउटा शववाहन भाडामा लिएको छ । नगर क्षेत्रभित्रका बासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहन भाडामा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “नगरपालिकामा एउटा शववाहन छ तर त्यो पुरानो भएकाले जुनसुकै बेला धोका हुनसक्छ, त्यही भएर एउटा शववाहन भाडामा लिएका छौँ”, उहाँले भन्नुभयो, “सङ्क्रमितलाई स्वास्थ्य संस्थासम्म पु¥याउन एम्बुलेन्स पनि तयारी अवस्थामा छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !