४ बैशाख २०८१, मंगलबार

दुर्घटनामा २ को मृत्यु, ७ घाइते


दुर्घटना

३ कात्तिक, रामेछाप । रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सात जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो ।

ना १ ज ४८१२ नं को टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो । (रासस)

यो पनि पढ्नुहोस्  

बस दुर्घटनामा ३ को मृत्यु, २३ घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !