१६ आश्विन २०८१, बुधबार

तीन वर्षपछि फरार अभियुक्त पक्राउ


पक्राउ

११ मङ्सिर, बनियानी । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राजवंशीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले २०७३ माघ १० गते १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेका थियो । फैसला कार्यान्वयन टोलीले राजवंशीलाई पक्राउ गरी जिल्ला अदालत झापामा पेश गरेर कैद भुक्तानका लागि सोमबार कारगार चलान गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

बहुविवाह गर्ने दुई जना पक्राउ

प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३० मेनका मुर्मू र सोही ठाउँका ३१ वर्षीय दिवु मुर्मू रहेका छन् । जिल्ला अदालत झापाले मेनका र दिवुलाई बहुविवाह मुद्दामा २०६७ मङ्सिर १६ गते एक/एक वर्ष कैद र रु पाँच÷पाँच हजार जरिवाना तोकेको थियो । उनीहरुलाई सोमबार कारागार चलान गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !