८ बैशाख २०८१, शनिबार

७४ जना कोरोना संक्रमित थपिए, १६० जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५३५ जनामा पिसिआर परिक्षण गर्दा ३९ जना र १९७७ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी जम्मा ३५१२* नमुनाको परीक्षण गर्दा ७४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८५ हजार ७२० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट १२ हजार १६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा १३ जना, ललितपुर जिल्लामा १ जना र भक्तपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर १६१९ जना सक्रिय कोरोना संक्रमितमध्‍ये १५५८ जना होम आइसोलेसनमा रहेका छन् भने ६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १९ जना आईसीयूमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५९ लाख २५ हजार पिसिआर परीक्षण भएको छ भने १४ लाख ५२२ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !