९१ जना कोरोना संक्रमित थपिए, १६५ जना निको Nepalpatra ९१ जना कोरोना संक्रमित थपिए, १६५ जना निको
२२ मंसिर २०७९, बिहिबार

९१ जना कोरोना संक्रमित थपिए, १६५ जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४८८ जनामा पिसिआर परिक्षण गर्दा ७५ जना र १४३६ जनामा एन्टीजेन परिक्षण गर्दा १६ जना गरी जम्मा ३९२४* नमुनाको परीक्षण गर्दा ९१* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८५ हजार ५६० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट १२ हजार १६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा ३३ जना, ललितपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर १७४० जना सक्रिय कोरोना संक्रमितमध्‍ये १६७८ जना होम आइसोलेसनमा रहेका छन् भने ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २० जना आईसीयूमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५९ लाख २३ हजार ४६५ पिसिआर परीक्षण भएको छ भने १३ लाख ९८ हजार ५४५ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !