१२ श्रावण २०८१, शनिबार

देशभर १७९ जना संक्रमित थपिए, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६०० जनामा पिसिआर परिक्षण गर्दा १२७ जना र २३५९ जनामा एन्टीजेन परिक्षण गर्दा ५२ जना गरी जम्मा ४९५९* नमुनाको परीक्षण गर्दा १७९* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८४ हजार ५८४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट १२ हजार १५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा ५० जना, ललितपुर जिल्लामा १८ जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर २२७१ जना सक्रिय कोरोना संक्रमितमध्‍ये २१९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ जना आईसीयूमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५९ लाख १० हजार ९६९ पिसिआर परीक्षण भएको छ भने १३ लाख ८३ हजार ७३५ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !