१५ असार २०८१, शनिबार

देशभर थप ५३३ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४६८ जनामा पिसिआर परिक्षण गर्दा ४४१ जना र ४१९६ जनामा एन्टीजेन परिक्षण गर्दा ९२ जना गरी ५३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९२ हजार २७७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४१६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १६२ जना, ललितपुर जिल्लामा ५० जना र भक्तपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख २८ हजार २४२ पिसिआर परीक्षण भएको छ भने ६ लाख ६५ हजार ३१६ एन्टीजेन परीक्षण गरिएको छ भने ११८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख ७० हजार २४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७२ लाख ५३ हजार २८५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !