११ बैशाख २०८१, मंगलबार

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु, मृत्यु हुनेको संख्या कति ?


मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । एनआरएनएका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । योसंगै विदेशमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय १५ पुगेको छ ।

शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !