८ बैशाख २०८१, शनिबार

जडिबुटी वारेमा पहिले बुझौं


जडिबुटी

जडिबुटी सेवन गर्दै हुनुहुन्छ नआतिनुहोस् एलोपैथिक औषधि जस्तै हरेक रोगमा फरक-फरक औषधि सेवन गर्नुपर्ने हुदैन । एउटा जडिबुटी सेवन गर्दा थुप्रै रोगहरू निको हुने गर्दछ । आज हामी अत्यधिक औषधि सेवन गर्नाले रोगको दलदलमा फस्दैछौं ।

विगत लामो समयदेखि मैले जानकारी पस्कदैछु । उदाहरणको लागि मेथी एक गिलास पानीमा राती एक चमच मेथी राखेको पानी प्रात: मेथी र पानी पिउछौं भने सुगरलाई मात्र होइन शरीर र जोर्नी दुख्ने समस्यालाई समेत फाइदा दिने गरेको हुन्छ ।

मानिस जब कब्जियत बढ्नाले अनेकौं रोगको दलदलमा फस्ने गरेको हुन्छ त्यस्ता सवै रोग केवल मेथीको सेवन गर्नाले ठिक हुने गर्दछ । मेथी सेवन गर्दा पानीमा नै राख्नुपर्छ भन्ने होइन यस्लाई पिसेर पाउडर बनाएर पनि सेवन गर्न सकिन्छ ।

हाम्रो भान्सामा थुप्रै जडिबुटीको भण्डार छ जसको प्रयोगले मान्छे निरोगी हुने गरेको हुन्छ तर उसले बाहिरी खाना खान थालेपछि मात्र उ रोगको सिकार हुन थालेको हुन्छ । नेपालीको प्रमुख खाना भनेको फास्ट फुड हो जसले पाचन प्रणालीलाई समेत ड्यामेज गर्दै जाने हुन्छ ।

निरोगी हुन बाहेरि खाना होइन आफ्नै भान्साको खाना खाने गरौं । यदि यसो गर्दा कुनै पनि रोगको आक्रमण नहुन सक्छ । हिजो हाम्रा पूर्वजहरू निरोगी हुने गर्दथे त्यति बेला आज जस्तो औषधि हुदैन थियो मान्छे कम मर्ने गर्दथे ।

अहिले उपचार भएपनि मान्छे एकपछि अर्को रोगको दलदलमा फस्दै गरेको हामी देख्न सक्छौं यो सवै खानपिनको लापरबाही हो भन्दा खासै फरक नपर्ला । आजको युगमा कसैको स्वास्थ्यसंग कसैको सरोकार राखेको पाइदैन । अबको समय भनेको आफ्नो स्वास्थ्यको देखभाल आफै गर्दा उपयुक्त हुने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !