१२ बैशाख २०८१, बुधबार

कलाकारहरुलाई ज्ंक फुडको बिज्ञापनमा अनुमती दिइनु हुन्न – बिज्ञान तथा वातावरण केन्द्र


madhuri-maggioats

भारत, अप्रिल ७, विश्व स्वास्थ दिवसको अबसरमा गरिएको एक कार्यक्रममा बिज्ञान तथा वातावरण केन्द्रले कलाकारहरुलाई ज्ंक फुडको बिज्ञापनमा अनुमती दिइन नहुने बताएको छ ।

बिज्ञान तथा वातावरण केन्द्र (CSE) का डेपुटी जनरल चन्द्र भुषणले भारतले ज्ंक फुडको प्रयोग सिमित गर्नुपर्ने बताका छन्। उनका अनुसार त्यस्ता खानेकुराहरुको बजार र उपलब्धतालाई नियन्त्रण गर्नुनै ज्ंक फुडकोको प्रयोग सिमित गर्ने उत्तम उपाय  हो ।

यो बर्षको विश्व स्वास्थ दिवसको मुख्य नारानै “मधुमेहको अन्त्य गरौ ” भन्ने रहेको छ, यो नारा भारतको लागी निकैनै महत्व्पूर्ण छ, जहाँ ६,००,००,००० मानिश हरु मधुमेह रोग को सिकार भएका छन। भुषणका अनुसार स्कुलका केटाकेटीलाई लोभ्याउने खालका बिज्ञापनहरु कडाइ का साथ बन्द गरिनु पर्दछ ।

ज्ंक फुडको  धेरै प्रयोगले मोटोपना बढनुको साथै बिभिन्न खालका दिर्घ रोगले सताउने हुन्छ। यि खानाहरु अल्ट्रा प्रोसेसबाट बनाइने र यिनमा नुन चिनी र चिल्लोको लगायत बिभिन्न रसायनको मात्रा धेरै हुन्छ तर फाइबर, भिटामिन र मिनरल्सको मात्रा कम हुन्छ। यि खानेकुराहरु आन्तर्गत चकलेट, आइसक्रीम, चाउचाउ, पिज्जा, सफ्ट ड्रीन्क्स, बर्गर, कुर्ककुरे आदि पर्दछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !