२५ पुस २०८१, बिहीबार

मिर्गौलापीडित थापा सफल व्यवसायी


Nepalpatra

२६ कात्तिक, बागलुङ । काठेखोला गाउँपालिका–७ रेशका झप्पन थापा विभिन्न पेशा गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । मिर्गौलापीडितसमेत रहनुभएका ३९ वर्षीय थापाले कुखुरापालन, बाख्रापालन, बङ्गुरपालनसँगै किराना पसलसमेत सञ्चालन गर्नुभएको छ । उहाँसँग तीन जीप र ट्याक्टर पनि छन् ।

एक दशकदेखि उहाँले विभिन्न व्यवसाय गरी मासिक झण्डै रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । रु ९० लाख लगानी रहेको विभिन्न पेशाबाट आफू सन्तुष्ट रहेको थापा बताउनुहुन्छ । अहिले उहाँको फार्ममा ५०० बोइलर र ६० कोइलर कुखुरा छन् । बोइलर कुखुरा प्रतिकिलो रु ३०० र कोइलर रु ५०० मा बिक्री गर्दै आएको थापाले बताउनुभयो । उहाँको फार्ममा सात बङ्गुरसमेत छन् ।

बङ्गुरको मासु प्रतिकिलो रु ३५० मा बिक्री गरिन्छ । थापाले ३८ खसीबोकासमेत पाल्नु भएको छ । “बजारको कुनै समस्या छैन,” उहाँले भन्नुभयो । उहाँले सात जनालाई रोजगारी दिनुभएको छ । कुखुरा, बङ्गुर, खसी तथा बाख्रा खरिद गर्न ग्राहक घरमै आउने गरेका छन् । छत्तीस वर्षको उमेर हुँदा थापालाई मिर्गाैलाको समस्या देखापरेको हो । “उपचारमा हालसम्म रु ८५ लाख खर्च भइसकेको छ,” थापाले भन्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !