१२ श्रावण २०८१, शनिबार

कुन ब्लड ग्रुपका मानिसले के खाने, के नखाने ? 


ब्लड ग्रुप

कुन ब्लड ग्रुपका मानिसले के खाने, के नखाने ? रगत मानव शरीरको लागि महत्वपूर्ण तरल पदार्थ हो । आजभोली प्राय: मानिस आफ्ना खानाको बारेमा सचेत हुने गरेका छन् । के खाने, के नखाने भन्ने विषयमा चर्चा परिचर्चा गर्छन् । शरीर स्वस्थ राख्नको लागि खानाले निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ, हरेक मान्छेले आफ्नो ‘डाइट’मा विशेष ख्याल राख्नुपर्छ । स्वास्थ्यबद्र्धक खाना खान सके मात्रै विभिन्न खालका रोगबाट बच्न सकिन्छ ।

कतिपय मानिसहरुले मोटोपन र दुब्लोपनलाई ध्यान दिएर यो खाने, यो नखाने भनिरहेका हुन्छन् । आफ्ना साथीसँगीले भनेका कुरा सुनेर पनि खाने कुरामा परहेज गरिरहेका हुन्छन् । तर, कस्ता खाना खादा मोटोपन हुन्छ र कस्ता खानाले हुँदैन भन्ने आधिकारिक जानकारी स्वास्थ्यकर्मीबाट भने लिएका हुँदैनन् । ‘लो क्यालोरी’ खाना खादा शरीरको तौल कम राख्न सकिने र हाई ईनर्जीका खानेकुरा खाना खादा मोटोपनको समस्या बढ्ने भन्ने होइन । शरीरको तौललाई सन्तुलिन राख्नको लागि आफ्नो रक्त समूह (ब्लड ग्रुप) अनुसारका खानेकुरा खानुपर्ने हुन्छ ।

स्वास्थ्य बिशेषज्ञहरुका अनुसार आफ्नो ब्लड ग्रुप अनुसारको भोजन खाने हो भने मोटोपन कम हुने मात्र होइन विभिन्न रोगहरुबाट समेत छुटकारा पाउन सकिन्छ । डा. पिटर डिएड्मोका अनुसार हामीले खाएका खानेकुराले हाम्रो ब्लड ग्रुपसँग रिएक्सन गर्छ । यदि हामी आफ्नो ब्लडग्रुप अनुसारको खाना खान्छौँ भने त्यो सजिलै पच्न सक्छ र शरीरले पनि उर्जा प्राप्त गर्छ । त्यसो हुँदा विभिन्न संक्रमण तथा बिरामी हुने सम्भावना कम हुन्छ । तसर्थ, डा. पिटरले फरक रक्त समूहका व्यक्तिहरुका लागि फरक फरक खानेकुराको सिफारिस गरेका छन् ।

ए ब्लड ग्रुप –  हरिया सव्जी, मासु रहित खाना, फलफुल तथा अन्न खाने ।

बी ब्लड ग्रुप –  सब्जि, लो फ्याट भएका दुग्धजन्य पदार्थ, अण्डा र थोरै मात्रामा मासु खाने । तर गहुँ, मुसुरोको दाल, गोलभेँडा, बदाम, तिल नखाने । बी ब्लड ग्रुप भएकालाई कुखुराको मासु खानाले पनि समस्या हुने गर्दछ ।

एबी समुह – अत्याधिक रुपमा समुन्द्री खानेकुरा, भटमास, खानामा हरिया सागसब्जी र दुग्धजन्य पदार्थ खानु राम्रो हुन्छ । मद्यपान र पोलेका मासु खानाले असर गर्छ ।

ओ ब्लड ग्रुप – अत्याधिक प्रोटीन, लो कर्बडाईट, लिन मासु, माछा, पोल्ट्री खाना, सागसब्जि, ग्रेन्स, बीन्स, दुग्धजन्य खानेकुरा । खानामा गहुँ र मादक पदार्थ नखाने ।

यो पनि पढ्नुहोस् 

रगतको खोजीमा हुनुहुन्छ ! चिन्ता नगर्नुस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !