१८ बैशाख २०८१, मंगलबार

यस्ता छन् जान्नुहोस् पिप्पलीको प्रयोग गर्नुका फाइदाहरु


पिप्पली

काठमाडौँ । हाम्रो देशमा बहुमुल्य औषधि पिप्पली त्यसै खेर गइरहेको छ । जडिबुटी लोपोन्मुख हुने अवस्थामा पुगेकाछन् । यस्ता ताजा जडिबुटीबाट उपचार गर्ने प्रणालीको विकास गर्न सके तुरुन्त फाइदा उठाउन सकिने देखिन्छ । हर्बको साहेताबाट नसोचेका रोगहरू निको बनाउन सकिने भएको छ ।

पिप्पलीलाई Long Pepper भन्दछन् । यसको फाइदाबारे अधिकांशलाई थाहा नहुन सक्छ । आज मैले यसका फाइदा बेफाइदाबारे प्रकाश पार्ने छु । हाम्रो बारमा यो लहराको रूपमा फलेको हुन्छ । कतिपयले यसलाई प्रयोग गरेका हुन सक्छन् । स्वादमा परपराउने हुन्छ ।

पिप्पलीका थुप्रै फाइदाहरूछन् यदि हामीले यसलाई सहि तरिकाले प्रयोग गर्न सकेमा राम्रो फाइदा उठाउन सकिने छ । पिप्पली जडिबुटी अन्तर्गत पर्दछ । यो नेपालमा प्रसस्त पाइने जडिबुटीमध्ये एक हो । यसलाई लेटिनमा Piper Longum, Linn भन्दछन् ।

यस्ता छन् पिप्पलीका फाइदाहरु

१. पिप्पलीको प्रयोगबाट शरिरमा भएको फैटी एसिड हटाएर मोटोपना कम गराउन राम्रो भूमिका खेल्दछ । मोटोपनाबाट आफूलाई बचाउन चाहना भएमा पिप्पलीलाई महसंग मिलाएर नियमित सेवन गर्नु पर्दछ ।

२. पिप्पलीको उपयोग दैनिक गर्नाले रूघाखोकी र ज्वरो निको हुन्छ । यस्ता समस्या देखिएमा पिप्पली प्रयोग गरेर लाभ उठाउन सक्नु हुनेछ ।

३. पिप्पलीको प्रयोग मधुमेहमा गर्नाले रगतमा ग्लुकोजको मात्रा कम गराउन राम्रो भूमिका खेल्दछ ।

४. सानो पिप्पलीको सेवन गर्नाले दमको रोगमा समेत राम्रो फाइदा गर्दछ । दमको रोगको औषधिको रूपमा नभई पूरकको रूपमा यसलाई प्रयोग गरिन्छ ।

५. पिप्पलीको चूर्को प्रयोगले सामान्य ज्वरो रूघाको समस्या देखिएमा राम्रो फाइदा गर्दछ । पिप्पली हमेसा महसंग लिनाले राम्रो फाइदा गर्दछ ।

६. पिप्पलीलाई पानीमा पिसेर निधारमा लेप गर्नाले टाउको दुख्ने समस्या निको हु्छ ।

७. पिप्ललीलाई चुर्ण बनाउने सिधेनुन र थोरै वेसार राख्ने त्यसमा तोरिको तेल राखेर दाँत माझ्नाले दाँत दुख्न निको हुन्छ ।

८. कोलेस्ट्रोल र हृदय रोग ठिक गर्न पिप्पली र मह मिलाएर सेवन गर्नाले निको हुन्छ ।

९. पेट सम्बन्धित रोग निको बनाउन पिप्पली र जंग्गी हर्रो समभाग लिने र पिस्ने १/२ चमच जति सेवन गर्नाले दिसा पखला र पेट दुख्ने समस्या हल हुन्छ ।

१०. आधा चमच पिप्पलीको चूर्ण र बराबर मात्रामा भुटेको जीरा र थोरै सिधेनुन राखेर सेवन गराउनाले बबासिर पायल्स निको हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !