२१ बैशाख २०८१, शुक्रबार

हाम्रो शरिरलाई चाहिने अत्यावश्यक भिटामिनहरु


भिटामिन सि, डी र ई

काठमाडौँ । हामी विविध रोगको कारण छोटो आयुमा विविध रोगको चपेटािमा पुग्ने गरेका हुन्छौं । यदि हाम्रो शरिरलाई चाहिने अत्यावश्यक भिटामिन खाने गर्छौं भने रोग नै लाग्ने सम्भावना न्यून हुन्छ ।

प्रकृतिले दिने गरेका यस्ता भिटामिनको अभावमा हामीलाई नानाथरीका रोग लाग्ने गरेको हुन्छ । यस्ता विविध रोगको आक्रमणबाट आफुलाई बचाउन सके असमयमा हुने रोगबाट हामी बच्ने छौं ।

हाम्रो शरीरलाई चाहिने आवश्यक भिटामिनमध्ये भिटामिन डी, भिटामिन सी र ई प्रमुख देखिन्छन् । यस्ता भिटामिन प्राकृतिक खानपानबाट हामीले प्राप्त गर्न सक्छौँ भने रोग लाग्ने सम्भावना नै शुन्यमा झर्ने छ ।

भिटामिन डी

भिटामिन ‘डी’ दाँत र हाडका लागि अति जरुरी हुन्छ । यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरिक समस्या निम्तिन सक्छ ।

भिटामिन डीको प्रमुख भूमिका

भिटामिन डी हाम्रो हड्डी र दाँतका लागि निकै नै आवश्यक तत्व हो । यस्तै, पाको उमेरमा भिटामिन डीको कमीलाई अस्टियोपोरोसिस भनिन्छ । यसमा हड्डी पातलो हुने खतरा बढ्छ भने यो सहजै भाँच्चिन थाल्छ ।

भिटामिन सी

यस भिटामिनको कमी खराब खानपिन गर्ने व्यक्ति, किड्नीको विरामी, मदिरासेवन बढी गर्ने व्यक्तिमा पाइने गरेको छ । समयमा नै यस भिटामीनको आपूर्ति नगरे विभिन्न रोगहरू लाग्न सक्छ ।

भिटामिन सीको प्रमुख भूमिका

भिटामीन ‘सी’ को प्रयोग हाम्रो शरीरका निम्ति अत्यन्त आवश्यक तत्व हो । यस भिटामीनले हाम्रो शरीरलाई बलियो बनाउन र रोगसँग लड्न सक्ने क्षमता बढाउन मद्दत गर्छ ।

भिटामिन ई

भिटामिन फ्याट-घुलनशील एन्टीअक्सिडेन्ट हो । जसले कोशिका झिल्लीहरूलाई प्रतिक्रियाशील अक्सिजन प्रजातिहरूबाट बचाउन मद्दत गर्दछ ।

भिटामिन ईको प्रमुख भूमिका

भिटामिन ईले स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ, जस्तै सुजन कम गर्न मद्दत गर्नेछ । भिटामिन ई सप्लिमेन्टहरूले मानिसहरूलाई फाइदा पुर्याउन सक्छ जसको आवश्यकता बढेको छ वा उनीहरूको आहारमा पर्याप्त भिटामिन ई समावेश छैन, जस्तै वृद्ध मानिसहरूले सप्लिमेन्ट प्रयोग गरेर फाइदा उठाउन सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !